Logo

२९ पुस,बारा । बारा प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट १४ लाख भन्दी बढी मूल्य बराबरको भन्सार छलीका सामानसहित ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

प्रहरीले भन्सार छलीका विभिन्न सामानसहित एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।

निजगढ, मटिअर्वा, कचोर्वा, मुसहर्वा र बेनौलीबाट भन्सार छलीका सामान पक्राउ गरिएको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जनाए ।

प्रहरीले चलाएको विशेष चेकजाँच अन्तर्गत विभिन्न ठाउँबाट कपडा, चिनी, प्याज, मकै, मोविलसहितका भन्सार छली गरि ल्याइएका सामान प्रहरीले बरामद गरेको उनले बताए ।

बिलविना नै मकै ल्याउँदै गरेको अवस्थामा ना ४ त १९०६ नम्बरको ट्रयाक्टरसमेत पक्राउ गरेको डिएसपी न्यौपानेको भनाइ छ ।

बरामद सामानसहित ट्रयाक्टरमाथि कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


सम्बन्धित समाचार