![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/01/rastriya-sabha-nirwachan-1-e1706159821777.jpg?fit=1100%2C661&ssl=1)
११ माघ,काठमाडौं । निर्वाचन आयोगले बिहीबार साँझ ७ बजेसम्म राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहानदेखि देशका सातै प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान कार्य जारी छ । उहाँले हालसम्म ५० प्रतिशतभन्दा बढी मतदान भइसकेको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, ‘‘एकदम शान्तिपूर्ण रुपमा मतदान कार्य सुचारु भई अगाडि बढेको छ । ५० प्रतिशतभन्दा बढी मत खसिसकेको छ । तर, मतदानका लागि दिउँसो ३ बजेसम्मको समय दिइएकोले मतदान कार्य बन्द हुँदैन ।’’
उहाँले त्यसपछि मुचुल्का गर्ने र यसको एक, डेढ घण्टापछि मतगणना सुरु हुने कार्यतालिका रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘आज बेलुका ६–७ बजेसम्म नतिजा आइसक्ने आयोगले अपेक्षा गरेको छ ।