Logo

४ फागुन,जनकपुरधाम । जनकपुरधाममा एक विद्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २५ मा रहेको कन्टिर झा नमूना माविमा अख्तियारको एक टोलीले छापा मारेको हो ।

विद्यालयमा भवन निर्माण तथा पुस्तक खरिदमा अनियमितता भएको उजुरीको आधारमा अख्तियारबाट खटेको टोलीले छापा मारेको जनाएको छ ।
सो विद्यालयको दुई/दुई कोठाको दुई वटा भवन, ६ कोठे निर्माणाधिन भवन, पुस्तकालय व्यवस्थापनलगायतका काममा अनियमितता भएको भन्दै उजुरीको आधारमा अनुसन्धानका लागि आवश्यक कागजातहरुसमेत अख्तियारले नियन्त्रणमा लिएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ६ कोठे र चार कोठे भवन र पोखरी घाट निर्माण तथा जनकपुरधाम उपमहानगरपालिकाको बजेटमा पुस्तकालय निर्माणमा अनियमितता भएको अख्तियारले जनाएको छ ।

आर्थिक वर्ष ०७२/०७३ मा ६ कोठे भवनका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४१ र जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयद्वारा ९ लाख सहित ५० लाख रुपैयाँ खर्च भएको छ भने सोही कार्यक्रम अन्तर्गत आर्थिक वर्ष ०७४/०७५ मा चार कोठेका लागि ३२ लाख रुपैयाँ उपलब्ध गराएको थियो । भने आव ०७६/०७७ मा उपमहानगरपालिकाले ६ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण गरिएका पुस्कालयमासमेत अनियमितता भएको हुनसक्ने आशंका भएको छ ।

 


सम्बन्धित समाचार