१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना चार सांसदहरूको जिम्मेवारीसहित संसदीय समिति हेरफेर गरेको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकले रास्वपाको सिफारिसमा समितिमा गरिएको सो हेरफेरलाई औपचारिक सहमति प्रदान गरेको हो । पार्टीको सांगठनिक आवश्यकताअनुसार सांसदहरू राम लामा, बोधनारायण श्रेष्ठ, मनिष झा र बुद्धरत्न महर्जनको समिति फेरबदल गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार, सांसद राम लामा ‘अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति’ बाट पूर्वाधार समितिु मा सरेका छन् भने उनको स्थानमा बोधनारायण श्रेष्ठ ‘पूर्वाधार समिति’ बाट ‘अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति’ मा प्रवेश गरेका छन् ।
त्यसैगरी, मनिष झाले ‘उपभोक्ता समितिबाट सार्वजनिक लेखा समितिको जिम्मेवारी सम्हालेका छन् भने बुद्धरत्न महर्जन ‘सार्वजनिक लेखाबाट उपभोक्ता समितिमा स्थानान्तरण भएका छन् ।
समितिमा भएको यस फेरबदललाई संसद्ले अनुमोदन गरेसँगै अब सम्बन्धित सांसदहरूले सोही समितिबाट आफ्नो संसदीय कामकारबाही अघि बढाउनेछन् ।
















