Logo

८ फागुन,जनकपुर । शहिदनगर नगरपालिकाको शिक्षास्तर खस्किदै गएको भन्दै सर्वदलीय संघर्ष समितिले आन्दोलन गर्ने भएको छ ।

शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले शिक्षा विकास तथा समन्वय इकाइ धनुषाले शहिदनगरका कार्यरत प्राथमिक शिक्षक विश्वनाथ यादवलाई आफ्नै पदाधिकारी रहेको विद्यालयमा फिर्ता हुन भनि लेखेर आएको पत्रलाईसमेत बेवास्ता गरेको भन्दै आन्दोलन गर्नु परेको सर्वदलीय संघर्ष समितिले जनाएको छ ।

सो समितिले फागुन १० गते बृहत जुलुससहित विरोध प्रदर्शन र भठ्ठी चोकमा कोणसभा, फागुन १३ गतेदे ि१५ गतेसम्म शहिदनगर नगरपालिकाको गेट अगाडि धर्ना बस्ने, फागुन १६ गते शहिदनगर नगरपालिकाको कार्यालय घेराउन तथा तालाबन्दीसमेत गर्ने कार्यक्रम रहेको शहिदनगर नगरपालिकाका पूर्व मेयर उदय बरबरियाले जानकारी दिए ।

शहिदनगर नगरपालिका कार्यपालिकाका सदस्य उमेश कुमार निराला, जनता समाजवादी पार्टी शहिदनगरका नगर कोषाध्यक्ष निर्माला देवी मण्डल, शहिदनगर नगर कमिटीका वरिष्ठ उपाध्यक्ष हेमशंकर भण्डार र नेकपा एकीकृत समाजवादीका नगर सदस्य सियाराम मण्डलले संयूक्तरुपमा विज्ञप्ति जारी गरि आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।


सम्बन्धित समाचार