Logo

१३ फागुन, सप्तरी । सप्तरीको अग्निसाइरका वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । कृष्णासरवन गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन् ।

वडाध्यक्ष सबदुल मियाँलाई बिशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । विशेष अदालत काठमाण्डौँका न्यायधिशहरु टेक नारायण कुँवर, राम बहादुर थापा र मुरारी बाबु श्रेष्ठको संयु्क्त इजलासले उनलाई शुक्रबार दोषी ठहर गरेको हो ।

गत जेठ २३ गते विद्यालयको निर्माणाधीन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिन उनले घुस मागेका थिए ।

अख्तियार दुरुपयोग आयोग इटहरीबाट खटिएको टोलीले वडाध्यक्ष मियाँलाई सेवाग्राहीसंग ५० हजार घुस लिने क्रममा रंगेहात पक्राउ गरेको थियो ।

उनीमाथि गत असार २१ गते बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । मियाँ २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।


सम्बन्धित समाचार