Logo

१९ फागुन,सेढवा । पर्साको ठोरी गाउँपालिकामा ५० जना परिवारलाई बाख्रापालनलाई विभिन्न सामग्री वितरण गरिएको छ । गाउँपालिकाको वडा नं ५ का ५० घरपरिवारलाई उक्त सामग्री उपलब्ध गराइएको हो ।

वडाका गडुवालाईन, बाघमोर्चा र आठ घरेका किसानलाई उक्त सामग्री वितरण गरिएको हो । किसानको बाख्रालाई बाघ चितुवा लगायतका जंगली जनावरको आक्रमणबाट सुरक्षित राख्न सो सामग्री वितरण गरिएको सुनाखरी उपभोक्ता समितिका सचिव जीवन श्रेष्ठले बताए ।

तराई भुपरिधी ताल कार्यक्रम कोहलपुर बाँकेको सहयोग तथा सुनाखरी उपभोक्ता समितीको आयोजनामा सुधारिएको बाख्रा खोर निर्माणका लागि रङ्गिन जस्ता १० पिस, मेष जाली ११ मिटर तथा अन्य सामाग्रीहरु वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष भिम बहादुर पाख्रीनले जनाए ।


सम्बन्धित समाचार