Logo

३० फागुन,पर्सागढि । पर्साको पर्सागढि नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको बिदाई तथा नयाँको स्वागत गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

पर्सागढि नगरपालिकामा १८ महिना कार्यकाल रहनुभएका प्रमुख प्रशासकिय अधिकृत छविरमण भट्टराईको आज बिदाई गरिएको हो । भने नंयाँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा रामदत भट्टको स्वागत गरिएको हो ।

भट्टराईको जिल्ला प्रशासन कार्यालय कलैयाको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएको छ । यस्तै भट्ट संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पर्सागढिको प्रमुख प्रशासकिय अधिकृतमा आउनुभएको हो ।

पर्सागढीका मेयर गोकर्ण पाठकले दुबैको बिदाई तथा स्वागत गर्नुभयो । कार्यक्रममा उपप्रमुख पुजा चौधरी, पर्सागढिका वडाध्यक्षहरु र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार