Logo

३० फागुन, जनकपुर । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले रौतहटबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई कांग्रेसले जिताएर महाभुल गरेको बताएका छन् ।

धनुषाको लक्ष्मिनीया गाउँपालिकाका आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहेका सहमहामन्त्री यादवले बारामा जिताएर भुल भएको बताउँदै उनले कांग्रेसको मत लिएर मन्त्री बनेका उपेन्द्र यादवको पतन हुने ठोकुवा गरे ।

उनले वर्तमान सरकारको भविष्यवाणी गर्दै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार छ महिना सम्म टिक्ने दावीसमेत गरे ।

धनुषाको लक्ष्मिनीया गाउँपालिकास्थित बजारमा आयोजना गरिएको कार्यक्रममा पशहीद कामेश्वर कुशेश्वर स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहेका सहमहामन्त्री यादवले देशमा राजनीतिकरुपमा दुई ध्रुवमा विभाजित हुन पुगेको बताए । उनले वामपन्थी र लोकतान्त्रिक शक्ति गरि दुई गठबन्धनले मात्र देशको हित हुने बताउँदै सहमहामन्त्री यादवले जसपा, नेकपा एस जस्ता पार्टीहरुको पतन निश्चित रहेको टिप्पणी गरे ।

उनले चीनको योजना कांग्रेसले अस्वीकार गर्दा वामपन्थीहरुले नयाँ गठबन्धन बनाएको बताए ।
नेपालको दक्षिणीक्षेत्रसम्म चीनले ऋणमुलक वन वेल्ट वन रोड बनाउन खोज्दा कांग्रेसले अस्वीकार गरेपछि वामपन्थीहरुले नयाँ गठबन्धन बनाएको बताए ।

शहीद कामेश्वर कुशेश्वर स्मृति प्रतिष्ठानको नवनिर्मित भवनको उद्घाटन गर्दै पुर्वमन्त्री समेत रहेका यादवले नेपाललाई ऋृणमा डुबाएर श्रीलंका जस्तै कब्जा गर्न चाहने मनसायका साथ चीनले नेपालमा पनि आयोजना ल्याउन चाहेकोले कांग्रेसले अवरोध गर्दाको परिणाम एमालेसंगको गठबन्धन बन्न पुगेको बताए ।

मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्ण यादवले रौतहटबाट माधवकुमार नेपाल र बाराबाट उपेन्द्र यादवलाई जिताएर कांग्रेसले ठुलो भुल गरेको बताए ।

नेपाली कांग्रेस मधेश प्रदेशका सभापतिसमेत रहेका मन्त्री यादवले आक्रोशित हुँदै एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई कांग्रेसले जिताउनमा खेलेको महत्वपूर्ण भूमिकालाई बेवास्ता गर्नु ठुलो भुल गरेको बताए ।

भौतिक पूर्वाधार विकासमन्त्री यादवले जसपाका कारण मधेश प्रदेश सरकारले मधेशमा ६ वर्षको कार्यकालमा पनि केही गर्न नसकेको बताए ।

वि.सं. २०२९ सालमा नयाँ शिक्षा ऐनको विरोध गर्दै गर्दा प्रहरीको गोलीबाट मारिएका धनुषाका विद्यार्थी नेताद्वय शहिद कामेश्वर र कुशेश्वरको स्मरणमा सो प्रतिष्ठानको भवन निर्माण गरिएको जनाइएको छ ।


सम्बन्धित समाचार