Logo

२ चैत,वीरगञ्ज । किड्नी र लिभर फेल भई वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एकजना बिरामीको आर्थिक सहयोग जुटाउन अपिल गरिएको छ । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर बिश्रामपुर निवासी प्रभु तुरहाको उपचारको लागि सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग जुटाउन अपिल गरिएको हो ।

प्रभु विगत एक वर्षदेखि किड्नी र लिभर फेल भई देश तथा छिमेकी देश भारतमा उपचार गर्न भौँतारिएका छन् । उनको उनको अहिले नारायणी अस्पतालमा डाइलासिस भइरहेको र आर्थिक अवस्था कमजोर भएका कारण आर्थिक सहयोगको अपिल गरेको पारिवारिक स्रोतले जनाएको छ । प्रभुको एक श्रीमती र छोरा छन् ।

उपचारकै लागि प्रभुले आफ्नो घर तथा खेत बन्दक राखेका छिमेकी केदार तिवारीले जनाए । तिवारीका अनुसार प्रभुका छोरा दैनिक ज्यालादारीको काम गर्छन् ।

विशेष दिवेदीको प्राइम बैँकको खाता ०२९०१००००००९५८५०१६६७ नम्बरमा आर्थिक सहयोग गरिदिन सबैमा अनुरोध गरिएको छ ।


सम्बन्धित समाचार