Logo

२ चैत,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ४ लाख हुण्डीको रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको छ । बीरगन्ज महानगरपालिकाको वडा नम्बर १० बाट प्रहरीले हुण्डी रकमसहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा वीरगञ्ज–१० बस्ने वर्षका ३२ कुनाल कुमार जैसवाल, सोही ठाउँका ३९ वर्षीय बिरेन्द्र कुमार साह तेली, २० वर्षीया रेखा कुमारी साह र जगराथपुर गाउँपालिका–६ बस्ने २५ वर्षका मितु कुमार कुर्मी रहेका छन् ।

प्रहरीको विशेष टोलीले कुनाल कुमार जैसवालको किराना पसलबाट छापामारी गरी ४ लाख ३ हजार रुपैयाँसहित चारै जनालाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए ।

प्रहरीको टोलीले उनीहरुको साथबाट विभिन्न बैंकका चेकबुक १३, काटिएको चेक ६६ थान र विभिन्न बैंकमा डिपोजिट स्लीपहरुसमेत बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ गरिएका चारै जनामाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको पर्सा प्रहरी प्रवक्ता थापाले बताए ।


सम्बन्धित समाचार