Logo

३ चैत, जनकपुर । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले दुई ठुला देशको बीचमा सानो मुलुक सुनको तस्कर गर्ने मुलुकको रुपमा देखापर्नु बिडम्वना रहेको बताएको छ ।

जनकपुरधाममा शनिबार सुनचाँदी व्यवसायी महासंघ मधेश प्रदेशको तश्रो साधारणसभा तथा दोश्रो अधिवेशनमा बोल्दै सभामुख मण्डलले दुई ठुला देशको रुपमा रहेका भारत र चीन बीचको सानो देश नेपाल सुन ओसार पोसार गर्ने देश तस्कर हुने स्थलमा परिणत भइरहेकाले यसप्रति सचेत हुनुपर्ने आवश्यकता रहेको बताए ।

उनले अहिले मुलुकमा हरेक क्षेत्रका व्यापार व्यवसायीहरुको अवस्था खस्कदो रहेकाले सुनचाँदी व्यवसायीहरुसमेत गम्भीरतापूर्वक आफ्नो समस्या पहिचान गरि समाधान गर्नुपर्ने बताए ।

सभामुख मण्डलले भने, ‘सुनचाँदी व्यवसायीहरूले भोग्नुपरिरहेको समस्यातर्फ सरकार गम्भीर छ, त्यतातिर हामी सोचिरहेका छौं ।’ सुनचाँदी मात्रै नभएर सबै व्यवसाय फस्टिनुपर्ने पक्षमा आफूहरू रहेको उनले बताए ।

सुनचाँदी व्यवसायीहरूले विनाकारण धडपकडको समस्या झेल्नुपरिरहेको बताउँदै उनीहरूले सरकारले यथाशीघ्र नीति नियम बनाउनका लागि माग गरे ।

सुनचाँदी व्यवसायीहरूले भोगिरहेको समस्याको समाधान तथा नीति निर्माणका लागि सहजीकरण गरिदिन उनीहरूले सभामुख मण्डललाई आग्रह गरे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेश प्रदेशको अधिवेशनले आगामी तीन वर्षका लागि नेतृत्व चयन गर्नेछ ।

सधारणसभा तथा अधिवेशनमा मधेश प्रदेशका ८ वटै जिल्ला तथा केन्द्र गरी ७० जना प्रतिनिधि एवं २२ जना पर्यवेक्षक सहभागी रहेको महासंघले जनाएको छ ।


सम्बन्धित समाचार