Logo

४ चैत, वीरगञ्ज । जनमत पार्टीको केन्द्रीय समितिको दुइ दिने बैठक बीरगन्जमा सम्पन्न भएको छ । बीरगन्जको क्लासिक व्याङक्विटमा सम्पन्न २ दिने केन्द्रीय समितिको बैठकले ११ बुँदे निणर्य गरेको हो ।

राजनैतिक प्रस्तावबारे छलफल गर्दै आर्थिक क्षेत्रमा देखिएको मन्दीलाई समाधान गर्ने देखि लिएर संगठन विस्तार सम्बन्धीसहित ११ बुँदे निणर्य पारित गरिएको जनमत पार्टीले जनाएको छ ।

बैठक समापनपछि जनमत पार्टी अध्यक्ष डा.सिके राउतले पत्रकार सम्मेलन गर्दै केन्द्रीय समितिले गरेका निणर्यहरु सार्वजनिक गरेका थिए ।

पत्रकार सम्मेलनमार्फत डा. राउतले दुइ दिन चलेको केन्द्रीय समितिको बैठकले दोस्रो नम्बर आर्थिक मन्दीका कारण थला परेका उद्योग व्यवसायको समस्या तत्काल समाधानका लागि सरकारलाई दबाब दिने गरेको बताए ।

योसंगै पहिलो निणर्यमा भने ‘आखिर नेपालको विकास किन भएन ? रिभर्स इन्जिनियरिङ्ग दृष्टिकोण तथा दोस्रो गणतन्त्र तथा सामाजिक लोकतन्त्रको लडाइँ’ भन्ने शीर्षकको राजनैतिक प्रस्तावमाथि छलफल भइ प्रस्ताव पारित गरेको छ, साथै २०८० सालको १५ जेठमा काठमाडौंमा हुने भनिएको आमसभालाई भव्यताका साथ सम्पन्न गर्न तयारी गर्ने निणर्य भएको छ ।

त्यसैगरी तेस्रो नम्बर बुँदामा आगामी रोपाइयामको लागि किसानहरुको लागि मलखाद र बीऊबिजनको समयमै सहज उपलब्धताका लागि सरकारलाई दबाब दिने निणर्य गरेको छ भने चौथो नम्बरमा प्रदेश नम्बर १ मा चलिरहेको पहिचानको आन्दोलनको मर्मबमोजिम पहिचानसहितको प्रदेश सीमाङ्कन तथा नामाङ्कन गर्न आन्दोलनको नेतृत्व गर्ने निणर्य भएको पत्रकार सम्मेलनमार्फत डा. राउते सुनाएका थिए ।

यसैगरी बैठकले पाँचौ नम्बरमा मधेश-थरुहट आन्दोलनको मर्म बमोजिम लुम्बिनी प्रदेशको सीमाङ्कन तथा नामाङ्कन परिवर्तन गराउन नेतृत्व गर्न निणर्य गरेको छ भने छैठो नम्बरमा प्रदेशहरुलाई अधिकार सम्पन्न र प्रभावकारी बनाउन आवश्यक ऐनकानुनहरु चाँडै निर्माण गराउन पहल गर्ने निणर्य पारित गरेको छ ।

त्यसैगरी क्रमशः मधेशमा गर्मीयाममा हुने गरेको खानेपानीको अभावको समस्यासंग जुध्न पूर्वतैयारी गर्न स्थानीय सरकारलाई आवश्यक बजेट प्रदान गर्न संघीय सरकारलाई दबाब दिने, संगठन विस्तारमा छलफल हुँदा सदस्यता अभियान चलाउने, बाँकी प्रदेशमा पार्टी विस्तार गर्ने, भातृ संगठनहरु विस्तामा जोड दिनेसहित ४ वटै निणर्य संगठन विस्तारतर्फ केन्द्रीत भएर गरिएको छ ।

केन्द्रीय समितिको बैठकमा देशभरिबाट ३२२ जना पदाधिकारीहरुको सहभागिता थियो । बैठकमा केन्द्रीय सचिवालय, कार्यकारिणी समिति, राजनीतिक समिति र केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको जनमत पार्टीले जनाएको छ ।


सम्बन्धित समाचार