Logo

फाइल तस्बिर

५ चैत,वीरगञ्ज । पर्साको ठोरी गापामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।

आज दिउँसाे ठोरी गापा-४ मालिवस्ती निवासी कान्छी भनिने कलावति सुवेदिको खेतमा काम गरिरहेको अवस्थामा बाघको आक्रमणवाट मृत्यु भएको हो ।

अन्दाजी ४० वर्षीय सुवेदी भारतीय सिमाना नजिकै पर्ने खेतमा दिउँसाे खेतमा एक्लै काम गरिरहेको समयमा सुवेदीलाई बाघले आक्रमण गरेको कुसुमबाटिका उपभोक्ता समितिका अध्यक्ष बुद्धलाल पाख्रीनले जानकारी दिनुभयो । मृतकको शवलाई अहिले पोस्टमार्टमका लागि बिरगंज लैजाने तयारी भईरहेको उहाँले बताउनुभयो ।


सम्बन्धित समाचार