Logo

फाइल फोटो

६ चैत,बारा । बाराको कोल्हवी नगरपालिकामा पोथी बाघ मृत भेटिएको छ । नगरपालिकाको वडा नम्बर २ मा पोथी बाघ मृत फेला परेको हो । डिभिजन वन कार्यलयको कोल्हवी सव डिभिजन क्षेत्र अन्र्तगत पोथी बाघ मृत फेला परेको जनाइएको छ ।

डिभिजनल वन अधिकृत विनोद सिंहले टांगियाबस्ती नजिक अन्दाजी २÷३ वर्षको बाघ मृत भेटिएको पुष्टि गरे । उनका अनुसार बाघको गोली प्रहारबाट मृत्यु भएको अनुमान छ ।

बाघको मृत्युको कारण भने पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै पत्ता लाग्ने उनको भनाइ छ ।


सम्बन्धित समाचार