Logo

८ चैत, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टी विपरित गतिविधि गरेकाले राजेन्द्र महतोलाई निस्काशन गरिएको बताएको छ ।

जनकपुरधाममा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा लोसपाको बैठकबाट भएको विभिन्न निर्णय सार्वजनिक गर्दै अध्यक्ष ठाकुरले पार्टीका नेताहरु महतो र अनिल झाले पार्टी विपरित गतिविधि गर्दा निस्काशन गरिएको स्पष्ट पारे ।

त्रुटिपूर्ण, अपुरो संविधान संशोधनको गर्नुपर्ने र मधेश आन्दोलनपछि गरिएको छानविन तथा अनुगमन गरि न्यायधीश गिरिश चन्द्र लालले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनले बताए ।

लोसपा नेपालको बैठकबाट भएको ९ बुँदे निर्णय सार्वजनिक गर्दै वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले भारतलाई विद्युत विक्रि गरेको निर्णयलाई लोसपाले स्वागत गरेको छ भने अर्को तर्फ बिआरआई सम्झौता गरेको भन्दै विरोध गरेको छ ।

मधेश प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष सोनलले भने, ‘भारतसँग भएको विद्युत व्यापार सम्झौता अन्तर्गत १० हजार मेगावाट विद्युत विक्री गर्ने सहमति मुलुकको व्यापक हितमा भएको र यसले मूलुकको समृद्धिमा टेवा पुग्ने भएकोले यसलाई स्वागत गर्दछौँ । यसैगरि मूलुकको पूर्वाधार विकासमा भारतले सहयोग गर्दै आएको ५ करोडलाई बढाएर २० करोड रुपैयाँसम्मको सिमा तय गरिएको विषयलाई लोसपाले बैठकबाटै निर्णय गर्दै स्वागत गर्दछौ । उनले अघि थप्दैँ भने, ‘तर बिआरआई सम्झौता नेपालको हितमा नभएको पार्टीको ठहर रहेको छ ।’

नेपाल–भारत सिमा व्यवस्थापन गर्ने नाममा आम नागरिकलाई दुखः दिने कार्य अविलम्व रोक्न पर्ने लोसपाले माग गरेको छ ।
आउने दिनमा लोसपाले अविलम्ब जिल्ला–जिल्ला, पालिका र वडासम्म पार्टीे पुनर्गठन गरि सुदृढिकरण अभियानलाई द्रुतगतिले अगाडि बढाई अगामी ६ महिना भित्रमा विधान अधिवेशन र एक वर्षमा पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ ।

दुई दिनसम्म महोत्तरीको बर्दिबासमा चलेको बैठकबाट गरिएको ९ बुँदे निर्णय सार्वजनिक गर्दै उनले आमाको नामबाट नागरिकता प्रदान गरि नागरिकता सम्बन्धि अन्य समस्याहरु तत्काल समाधान गर्न नेपाल सरकारसंग लोसपाले माग गरेको छ ।

लोसपाले कृषिको उत्थानको लागि किसानहरुलाई समयमा मल उन्नत विउ विषादी मलमा उचित अनुदानको लागि सरकारसंग माग गरेको छ भने अनेक कठिनाइका नामुद किसानहरु ऋणमा डुबेर पनि उत्पादन गर्दै आएको प्रति ध्यानाकर्षण गर्दै लोसपाले निजी क्षेत्र र सरकारी क्षेत्रमा रहेका उद्योगहरुको वर्षौ सम्मका बाकी भुक्तानी गर्न माग गरेको छ ।

सो बैठकमा लोसपाको राजनीतिक अवधारणा सम्बन्धमा वरिष्ठ सह–अध्यक्षमा सर्वेन्द्रनाथ शुक्ल, अर्का वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले संगठन सुदृढिकरण सम्बन्धमा प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै महामन्त्री परमेश्वर साहले विधान पूनरावलोकन अध्ययन तथा आवश्यक संशोधन सम्बन्धमा प्रतिवेदन पेश गरेका थिए । भने अर्का महामन्त्री विनोदकुमार सिंहले भातृ संगठन तथा विभागहरुको संख्या निर्धारण सम्बन्धमा प्रस्तुतकर्ता पार्टी उपाध्यक्षमा, राम प्रकाश चौधरी लेभी सम्बन्धमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।


सम्बन्धित समाचार