Logo

८ चैत, बारा । ५९औं अन्तर्राष्ट्रिय जातिय उन्मुलन दिवस २०२४” देशभर नारा जुलुस र कोण सभा सहित बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा पनि अन्तरक्रिया एवम सार्बजनिक प्रतिबद्धता कार्यक्रम गरी मनाईएको छ ।

जीतपुरमा बिभिन्न राजनितिक दलका नेता, बिभिन्न संघ संस्थाहरु र दलित नेताहरु र पत्रकारहरुको उपस्थितीमा जीतपरसिमरा उपमहानगरपालिकाले अन्तर्राष्ट्रिय जातीय उन्मुलन दिबश मनाइएको छ ।

सो दिवसको अवसरमा जीतपुरको शान्तिटोल खेल मैदानबाट रयाली सुरु भई प्राईम पार्टी प्यालेसमा आई कोण सभामा परिणत भएको थियो । आफ्नो कामलाई थाती राखेर हजारौँ दलितहरु आफ्नो मुक्तिको नारा घन्काउँदै सडकमा ओर्लिए । सबैका हातमा ब्यानर थिए । ब्यानरमा लेखिएको थियो– “दलित समुदायमाथि हुने सबैखाले विभेदको अन्त्य गर, राज्यका सबै अंगमा दलित समुदायको समाबेशी र समानुपातिक प्रतिधित्वको ब्यबस्था गर, जातीय विभेद गर्नेलाई कडा भन्दा कडा कानुनी सजायको ब्यवस्था गर” लगायत नारा लेखिएको थियो ।

कोण सभाकोअध्यक्षता जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा बारा क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ किसान रहेका थिए ।

प्रमुख अतिथि श्रेष्ठले दलितहरुलाई रोजारीको अवसर सिर्जना गरी उनीहरुको स्थिती मजबुत पार्नुपर्नेमा जोड दिए । प्रतिनिधि सभा सदस्य श्रेष्ठले उत्पीडनमा परेका दलितलाई न्याय दिलाउँन आफु २४ घण्टा तयार रहेको प्रतिबधता ब्यक्त गरे । त्यस्तै जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले जीतपुरसिमरा उपमहानगरपालिकामा परिवर्तन र गणतन्त्रको आन्दोलनको बिचबाट आएका दलहरु नेत्तृत्वमा रहेका कारण उपमहानगरपालिकामा जातीय उन्मुलन सम्भव रहेको बताएका थिए ।

कानुन र संबिधान अनुसार देशमा जाती बिभेदको अन्तय भएको तर ब्यवहारमा अहिले पनि जातीय बिभेद कायमै रहेको भन्दै बिभिन्न घट्ना क्रमले बताएको बताएका थिए । जीतपुरसिमरा उपमहानगरपालिकामा जातीय बिभेद हटाउँनमा महत्वपुर्ण खेलेको भन्दै बिभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

जातीय बिभेद हटाउँने कुराको आवाज मसिनो भएको कारण सबै राजनीतिक दल र संघसंस्थाले जोडतोडले हटाउँनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । संयुक्त राष्ट्रसङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरेको थियो । त्यसयता हरेक वर्ष मार्च २१ लाई विश्वभरि जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ ।


सम्बन्धित समाचार