Logo

१९ चैत,वीरगञ्ज । नेपाली बजारमा सुनको मूल्यले पून नयाँ रेकर्ड बनाएको छ । आज एकैदिनमा सुनको मूल्य प्रतितोला एक हजार छ सयले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार एक लाख ३० हजारमा कारोबार भएकोमा सोमबारका लागि भने प्रतितोला एक लाख ३१ हजार छ सयमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन आइतबार एक लाख २९ हजार चार सयमा कारोबार भएकोमा सोमबारका लागि भने एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १० ले वृद्धि भएको छ । आइतबार प्रतितोला प्रतितोला एक हजार पाँच सय ३५ मा कारोबार हुने गरी मूल्य कायम भएको छ ।


सम्बन्धित समाचार