Logo

१९ चैत, काठमाडौं । मधेश प्रदेशका कारागार र बालसुधार गृहहरूको अवस्था सुधार गर्न सरकारसँग आग्रह गरिएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै जनमत पार्टीकी सांसद गोमालाभ सापकोटाले यस्तो आग्रह गरेकी हुन् ।

प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिबाट मधेश प्रदेशका जिल्लाहरुका कारागार र बालसुधार गृहको अनुगमन गर्दा त्यहाँको अवस्था दयनीय देखेको जानकारी दिइन् ।उनले भनिन्, ‘महोत्तरी जिल्लाको कारागारमा १४० कैदीबन्दीको क्षमता रहेकोमा ५९० जना राखिएको रहेछ । एउटै कोठामा ८४÷८५ जना कोचेर राखिएको छ । हाम्रो देशमा मानव अधिकार कता हराएको छ ?’

वीरगञ्जमा पनि क्षमताभन्दा बढी कैदीबन्दी राखिएको उनले बताइन् । मधेशका अन्य जिल्लामा पनि यस्तै समस्या रहेको उल्लेख गर्दै उनले कारागारमा कैदीबन्दी त के पशु पनि बस्न नसक्ने अवस्था रहेको जिकिर गरिन् ।

सांसद सापकोटाले राज्यले मानव अधिकारबारे ख्याल गर्नुपर्ने धारणा राखिन् ।


सम्बन्धित समाचार