Logo

१९ चैत,वीरगञ्ज । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकार अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन पहल गर्ने बताउनुभयो ।

बाराको कलैयामा आज नेकपा एमालेको ११ औ जिल्ला अधिवेशनलाई उदघाटन गर्दै पोखरेलले नेकपा एमाले पहिला देखि नै आफनो देशको भूमि अतिक्रमण हुन नदिने कुरामा स्पष्ट रहेको बताउनुभयो ।
पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुक भारतमाथि मात्र निर्भर हुँदा समस्यामा पर्न सक्ने भन्दै चिनसँगको सिमाना जोडिएका नाकाहरुको विकासमा वर्तमान सरकार लागि पर्ने बताउनुभयो ।

उहाँले अहिलेको राजनितिक समिकरणले मिसन ८४ लाई सफल बनाउन सहयोग गर्ने स्पष्ट पार्नुभयो ।काँग्रेस र माओवादी सम्मिलित गठबन्धनले मुलुकलाई अस्थिरता तर्फ धकेलेको बताउँदै एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकलाई स्थिरता तर्फ लैजान एमाले सहितको वर्तमान राजनितिक समिकरण निर्माण भएको स्पष्ट पार्नुभयो ।

उहाँले काठमाडौ निजगढ फास्ट ट्रयाकको काम तिव्र गतिमा अगाडी बढाइने बताउनुभयो ।कार्यक्रममा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले नेकपा एमाले सम्मिलित वर्तमान सरकारले मुलुकमा विकासको गति ल्याउने दावी गर्नुभयो ।


सम्बन्धित समाचार