Logo

२० चैत,वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादवले वीरगञ्ज महानगरपालिकाको मुख्य सडक विस्तारबारे मुद्दा टुंग्याउन सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका छन् ।
वीरगन्जको मुख्य सडक विस्तार कार्य अदालतमा परेको मुद्दाको कारण केही वर्षदेखि ओझेलमा परेको भन्दै सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका हुन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतकसमेत रहेका सांसद यादवले यस्तो बताए । अदालतले मुद्दा फैसला गर्न ढिलाई गर्दा समस्या उत्पन्न भएको उनको भनाइ थियो ।
उनले भने, ‘त्रिभुवन राजपथ समेत पर्ने मुख्य सडक अन्तर्गत पर्ने सडक ऐन २०३१ अन्तर्गत मुख्य राजमार्गको मापदण्ड अन्तर्गत पर्छ ।

सडक ऐनले नै सडकको क्षेत्राधिकार तोकी ऐनको क्षेत्राधिकार अन्तर्गत वीरगञ्जको मुख्य सडक २५–२५ मिटर फराकिलो पार्नका लागि सडक विभागले वीरगञ्जको गण्डक चोकदेखि घण्टाघर माइस्थान हुँदै मितेरी पुलसम्मको आधा किलोमिटर दुरीको सडक विस्तारको कार्य २०७६ साल कार्तिक १७ गतेदेखि गर्ने गरी सडक विभागले प्रक्रिया अगाडि बढायो ।’ तर त्यही समयमा केही स्थानीयले सम्मानित सर्वोच्च अदालतमा मुद्दा दायर ग¥यो ।

मुद्दाको छिनोफानो नहुँदा वीरगञ्जको विकास नै ओझेलमा परेको छ ।उनले थपे, ‘त्यसकारण सभामुखमार्फत सर्वोच्च अदालतलाई ध्यानाकर्षण गराउन चाहन्छु, मुद्दाको छिटो छिनोफानो गरेर वीरगञ्जको विकासको बाधा छिटो हटाइदिन आग्रह गर्न चाहन्छु ।’


सम्बन्धित समाचार