Logo

३ वैशाख,काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत हङकङ विरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

वर्षाले प्रभावित भएपछि नेपाल र हङकङबीचको खेलमा ओभर घटाइएको छ। खेल १८÷१८ ओभरको हुनेछ। खेल मध्याह्न ११ः४५ मा ओमानस्थित अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुने तालिका थियो। तर वर्षाको कारण ढिलो भएको हो।

नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो।


सम्बन्धित समाचार