Logo

४ बैशाख, बारा । नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको उपाधि आफनो पक्षमा कब्जा गरेको छ । सोमबार रातीसिमरा रङ्गशालामा सम्पन्न प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइव्रेकरमा ४–३ ले हराउँदै पुलिसले पहिलो पटक जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोल रहित बराबरीमा टुंगिएपछि भएको टाइव्रेकरमा पुलिसले जित निकालेको हो । प्रशिक्षक चेतन घिमिरेले टाइव्रेकरलाई लक्षित गरि अतिरिक्त समयको अन्तीममा मैदान पठाएका गोलरक्षक अमित टमाटा पुलिसको जितमा नायक बन्नुभयो । अमितले मच्छिन्द्रको दुई प्रहार रोकेपछि पुलिस उपाधि उचाल्न सफल भयो ।

मच्छिन्द्रका लागि विशाल तामाङ्ग, सनिश श्रेष्ठ र दिवाकर चौधरीले गोल गर्दा सौरभ लिम्बु र चन्दनदासको प्रहार पुलिसका गोलरक्षकले सेभ गरेका थिए । पुलिसकालागि कप्तान रामचन्द्र वाजे, पुजन राई, सुजन मगर र आशिष राईले गोल गर्नुभयो ।

यसअघि भएको प्रतिष्पर्धात्मक खेलमा दुबै टिमले निकै आकर्षक अवसरहरु सिर्जना गरेपनि गोल हुन सकेको थिएन । मच्छिन्द्र निर्धारित समयको अन्त्यतिर ९ खेलाडीमा सिमीत बनेको थियो । उत्सव राई ८४ औं मिनटमा रातोे कार्डको सामनागर्दै मैदानबाट बाहिरिएकाथिएभने खेलको ८८ औं मिनटमा मनिष डाँगी दोहोरो पहेंलो कार्डको सामनागर्दै मैदानबाट बाहिरीए । ९ खेलाडीमा सिमीत भए पनि मच्छिन्द्रले अतिरिक्त समयको खेलमा पुलिसलाई दबाबमा राखेको थियो ।

पुलिसका गोलरक्षक अमित टमाटा फाइनल खेलको प्लेयर अफदि म्याच घोषित हुनुभयो । उहाँले रु १० हजार नगद सहित ट्रफि प्राप्त गर्नुभयो । पुलिसकै सञ्जित श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित हुनुभयो । उहाँले २५ हजार नगद सहित ट्रफि प्राप्त गर्नुभयो । पुलिसका उज्ववल राई र बीरगञ्जयुनाईटेड क्लबका फागुराम चौधरी समान २ गोलका साथ प्रतियोगिताको उच्च गोलकर्ता बन्नुभयो । उहाँहरुले २५ हजार नगद सहित ट्रफि प्राप्त गर्नुभयो ।

आयोजक नव जन जागृतियुवाक्लब सिमराका प्रज्वल थापा मगरले इमर्जिङ प्लेयर अफदि टुर्नामेन्टको ट्रफि सहित १५ हजार प्राप्त गर्नुभयो । प्रतियोगिताको फेयर प्लेको ट्रफि आयोजक टिमलेनै प्राप्त गर्न सफल भयो ।

मच्छिन्द्रका बिमल घर्तिमगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले स्कुटर प्राप्त गर्नुभयो । बिजेता नेपालपुलिस क्लबलले रु १० लाख रुपैया र ट्रफि तथा मेडल र उपबिजेता मछिन्द्र फुटबल क्लबले रु ५ लाख रुपैया र ट्रफि तथा मेडल प्राप्त गरेको छ ।


सम्बन्धित समाचार