Logo

१७ वैशाख, वीरगञ्ज ।  कोशी प्रदेशको इलाम–२ मा नेकपा एमालेले अग्रता कायम राखेको छ ।

पछिल्लो प्रतप्त मतपरिणाम अनुसार एमालेका सुहाङ नेम्बाङले २६ सय १८ मतान्तरले अगाडी रहेका छन् । उनले ८ हजार ८ सय ९८ मत ल्याएर अगाडी रहेका छन् ।

उनका प्रतिद्वन्दीकांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार २ सय ८० मत ल्याएका छन् । यस्तै पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ४ हजार ६ सय ३४ र राष्टिय स्वतन्त्र पार्टीका मिलन योङहाङको १ हजार ३ सय ५ मत छ ।

यस्तै एकीकृत समाजवादीका जीतबहादुर राईको दुई सय ४० र राप्रपाका लक्ष्मी गुरुङको ४६ मत आएको छ । २१ हजारभन्दा धेरै मतगणना भईसकेको छ ।

सुहाङ नेम्बाङ प्रतिनिधी सभासदस्य स्व. सुवासचन्द्र नेम्बाङ छोरा हुन् । सुवासचन्द्र नेम्बाङको निधनपछि त्यहाँ उपनिर्वाचनका गत शनिबार मतदान भएको थियो ।


सम्बन्धित समाचार