Logo

२२ वैशाख, वीरगञ्ज । पदाधिकारी चयनका लागि नेकपा एमाले पर्सा जिल्लाको निर्वाचन शुरु हुने भएको छ । एमाले पर्साको नयाँ नेतृत्वका लागि अध्यक्षमा सर्वसम्मत भएपनि अन्य पदाधिकारीमा सहमति जुट्न नसक्दा निर्वाचन प्रकृयामा गएको थियो ।

तर, उम्मेदवारको मनोनयनमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान रोकिएको थियो ।

अहिले केहीबेरमा निर्वाचन हुने नवनिर्वाचित एमाले पर्साका अध्यक्षमा डा.विश्वम्भर शर्माले बताए ।

सहमति जुट्न नसक्दा पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रियामा गएको थियो ।

तर, उम्मेदवारी मनोनयन गर्नेहरुले धाँधली गरेपछि विवाद भएको थियो । निर्वाचनमा धाँन्धली भएको भन्दै ईतरपक्ष र संस्थापनपक्षबीच विवाद भएको हो ।

३ दिन देखिको विवाद सहमतिमा साम्य पारिएको छ । सबै कार्यकर्ता निर्वाचनमा सहभागी हुने गरि उपस्थित भएका अध्यक्ष शर्माले बताए ।


सम्बन्धित समाचार