Logo

२४ वैशाख,काठमाडौं । इजरायलको मन्त्रिपरिषद्ले देशमा अल जजिरा नेटवर्कको काममा प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको छ। गत महिना, इजरायलको संसदले सरकारलाई राष्ट्रिय सुरक्षाको लागि खतरा मानिने विदेशी टिभि नेटवर्कहरू बन्द गर्ने अधिकार दिएको थियो।

इजरायली सरकारले लामो समयदेखि अल जजिरा च्यानललाई इजरायल विरोधी पक्षपात गरेको आरोप लगाउँदै आएको छ। अल जजिरा च्यानलमा कतार सरकारको हिस्सेदारी छ। अक्टोबर ७ मा इजरायलमा हमासले गरेको हमलापछि अल जजिरा च्यानलमा इजरायलको आलोचना झनै कडा भएको छ ।

इजरायली प्रधानमन्त्रीले यस च्यानललाई ‘आतंकवादीद्वारा नियन्त्रित’ भनेका छन्। अल जजीराका पत्रकारहरू ती थोरै पत्रकारहरू हुन् जसले हाल गाजा भित्रबाट रिपोर्टहरू पठाउन सक्षम छन्।

 


सम्बन्धित समाचार