Logo

२४ वैशाख,वीरगञ्ज । संघीय सरकारका वन तथा वातावरण राज्यमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी नेपालका सांसद दीपक कार्की आफू उपेन्द्र यादव पक्षतिरै रहेको बताएका छन् ।

उनको सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । कार्की संस्थापन पक्षमै रहेको, अन्य कुनै दल वा गुटमा कार्की नलागेको बिज्ञप्तीमार्फत उनको सचिवालयले जनाएको छ ।

‘सञ्चार माध्यममा आइरहेका समाचारहरुबाट अत्यन्त भ्रामक जानकारी सम्प्रेशन भइरहेकोप्रति यस सचिवालयको ध्यानाकर्षण भएको छ’, प्रमुख स्वकीय सचिव रामनारायण कापडीले भनेका छन्, ‘उहाँ जनता समाजवादी पार्टी नेपाल संस्थापन पक्षमा यथावत रहिरनुभएको र अन्यत्र भनेझैं कुनै गुट वा दलसँग आबद्ध नरहेको जानकारीका लागि अनुरोध छ ।’

जनता समाजवादी (जसपा)मा अध्यक्ष उपेन्द्र यादवले मनोमानी गरेको आरोप लगाउँदै अशोक राईसहित ७ प्रतिनिधि सभाले आइतबार (हिजो) पार्टी विभाजन गरेका छन् । राईसहित जसपा नेपालका नवलकिशोर साह, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसिना खान, सुशिला श्रेष्ठले दल विभाजन गरेका हुन् ।


सम्बन्धित समाचार