Logo

२५ वैशाख, वीरगन्ज । नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राईले सत्ता राजनीतिको कारण पार्टी विभाजन नभएको जिकिर गरे ।

उनले उपेन्द्र यादवसँग असन्तुष्टि चुलिँदै गएपछि नयाँ पार्टी बनाउनुपरेको बताए ।

निर्वाचन आयोगले दिएको दल दर्ताको पत्र संसद सचिवालयमा बुझाउन सिंहदरबार पुगेका अध्यक्ष राईले सो कुरा बताएका हुन् ।

पार्टीको आसन्न महाधिवेशनमा लाठे रोपाईं हुने स्थिति देखिएपछि त्यही पार्टीमा बस्ने कुरा राम्रो नहुने भएको भन्दै नयाँ पार्टी दर्ता गरेर जाने आफूहरु निष्कर्षमा पुगेको बताए ।

सांसदहरुले संसदीय दल विभाजन गरेको हुनाले सत्ता राजनीतिसँग कुनै न कुनै रुपमा जोडिन सकिन्छ ।

यसलाई सत्ता राजनीतिको कारण पार्टी विभाजन भएको नबुझ्न उनको भनाई छ । अध्यक्ष राईले आफ्नो पार्टीले अब संसदमा रचनात्मक क्रियाकलाप गर्दै अघि बढ्ने बताए ।


सम्बन्धित समाचार