Logo

२ जेठ, काठमाडौं ।सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा संसद् अवरोधका विषयमा प्रधानमन्त्री र सभामुखबीच पौने एक (४५ मिनेट) घण्टा छलफल भएको हो ।

छलफलमा संसद्बाट विधेयकहरू पारित हुन नसकिरहेकाबेला भइरहेको निरन्तरको अवरोधले जनस्तरमा वितृष्णा फैलिएको सभामुखले बताएका थिए । संसद् सुचारु भए केही विधेयक तत्कालै पारित गर्न सकिने अवस्थामा रहेको, केही विधेयकलाई समितिमा पठाउन सकिने उनले प्रधानमन्त्रीलाई जानकारी दिए । सभामुख घिमिरेले राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको सन्दर्भमा प्रतिपक्षीसँग तत्कालै सहमति गर्न अपिल गरे ।

प्रधानमन्त्रीले आज सत्तापक्षका नेताहरूको बैठक बस्ने तयारी भएको जानकारी दिँदै भोलि बस्ने बैठक खुलाउने गरी निर्णयमा पुग्ने जानकारी दिए ।


सम्बन्धित समाचार