Logo

२ जेठ,वीरगञ्ज । बारा प्रहरीले एक महिनाको अवधिमा भारी परिमाणमा प्रतिबन्धित लागू औषध बरामद गरेको छ । प्रहरीले चालु आर्थिक वर्ष २०८०÷०८१ को बैशाख महिनामै ठूलो परिमाणमा लागू औषध बरामद गरेको हो ।

बाराका प्रहरी नायब उपरिक्षक प्रवक्ता दधिराम न्यौपानेले सार्वजनिक गरेको बैशाख महिनाको प्रगति विवरणमा यसबारे उल्लेख छ । उनका अनुसार प्रहरीले उक्त समयमा ३ हजार ९५४ एम्पुल लागू औषधहरु नियन्त्रणमा लिएको छ ।
प्रहरीले नाइट्राभेट ४ हजार ६८० ट्याबलेट पक्राउ गरेको प्रहरीले जनायो । प्रहरीका अनुसार लागू औषध डाइजेपाम १ हजार ३१८, नुरर्फिन १ हजार ३१८ र फेनारगन १ हजार ३१८ एम्पुल गरी जम्मा ३ हजार ९५४ एम्पुल पक्राउ गरेको हो ।

एक महिनाको अवधिमा बाराको फरकफरक स्थानहरुमा गरिएको चेकजाँचका क्रममा प्रहरीले उक्त परिमाणमा लागू औषधहरु नियन्त्रणमा लिएको जानकारी प्रवक्ता न्यौपानेले दिए । प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार सो समयमा प्रहरीले गाँजा ४६७ किलो ९०० ग्राम बरामद गरेको छ । भने १ वटा ट्रक र १ भारतीय कारबाट उक्त गाँजा. पक्राउ गरेको जनाएको छ ।

लागू औषधसम्बन्धि कसूरमा ८ जनाविरुद्ध मुद्दा दर्ता गरेको र १० जना मानिसलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बारा बताउँछ ।


सम्बन्धित समाचार