Logo

३ जेठ,वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल पनि महाधिवेशनको तयारीमा जुटेको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले जेठ २८ गतेका लागि महाधिवेशनको मिति तय गरिसकेको छ । त्यसको अन्तिम तयारीमा जुटिरहेको बेला लोसपा नेपाल पनि महाधिवेशनको तयारीमा जुटेको छ ।
लोसपाका उपाध्यक्ष जितेन्द्र सोनलले जेठ ५ गतेदेखि सदस्यता वितरण अभियान सुरु गरेका छन् । धनुषा, सिराहा, सप्तरी र सर्लाहीबाट पहिलो चरणको सदस्यता वितरण अभियान सुरु गरिएको बताउँदै उनले यो वर्ष नयाँ सदस्यता वितरण,

नवीकरण गरी पालिका, प्रदेशलगायत सबै तहको अधिवेशन सम्पन्न गरी अर्को वर्षको सुरुवातमै महाधिवेशन गर्ने तयारी सुरु भएको बताए ।


सम्बन्धित समाचार