Logo

१६ जेठ, वीरगञ्ज । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हाजिर जमानतमा रिहा भएका छन् । अनुसन्धानका लागि हिरासतमा राखिरहन आवश्यक नपर्ने भएकोले हाजिरी जमानतमा अध्यक्ष सिरोहियालाइ रिहा गरिएको हो ।

उनलाई फौजदारी कार्यविधि संहिताको दफा १५ को उपदफा १ बमोजिम परिवारका सदस्यको जमानतमा छोडिएको हो ।

सिरोहियाका वकिल रमण कर्णका अनुसार सरकारी वकिल कार्यालय धनुषासँग अनुमति लिएर धनुषा प्रहरीले कैलाश सिरोहियालाई छोड्न भनेपछि ललितपुर प्रहरीले उनलाई छोडेको हो ।

उनका छोरा सम्भव सिरोहियाको रोहबरमा अनुसन्धानको लागि आवश्यक परेको समयमा उपस्थित गराउने शर्तमा अध्यक्ष सिरोहियालाई रिहा गरिएको हो ।


सम्बन्धित समाचार