Logo

१६ जेठ, वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले १० लाखभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले १० लाख ११ हजार ६४० मूल्य बराबरका सामान बरामद गरेको हो ।

जिल्लाका फरकफरक स्थानहरुबाट प्रहरीले उक्त मूल्यका सामानहरु पक्राउ गरेको सशस्त्र प्रहरी बताँउछ ।

सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्मले ४ लाख ९७ हजार ४०० मूल्य बराबरका भन्सार छलीका सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बेवारिसे अवस्थामा लकाईछिपाई राखिएको ४१३ केजी कवाडि तामाको तार र ग्यास रेगुलेटर  बरामद गरेको हो ।

यसैगरी टोलीले  ३ लाख ५५ हजार ७४० मूल्य बराबरका किराना सामान, कपडा तथा मोटरपार्टससहित मोटरपार्टस ओसारपसारमा प्रयोग गरिएको बिआर ०५ एए ६८९७ नम्बरको स्कुटर पक्राउ गरेको जनायो । उक्त स्कुटरको मूल्यांकन १ लाख कायम गरिएको छ ।

यस्तै सशस्त्र प्रहरीले वीरगन्ज-१ सिर्सियाबाट र बिन्दवासीनी गाउँपालिका-५ प्रसौनीभाठाबाट  समेत ५८ हजार ५०० रूपैयाँको चिसो, चिनी लगायत कपडा बरामद गरेको छ ।

बरामद सामानहरुसहित स्कुटरलाई आवश्यक कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालयको जिम्मा लगाएको सशस्त्र प्रहरी पर्सा बताँउछ ।


सम्बन्धित समाचार