Logo

१९ जेठ, बारा । नेपाल दशनामी समाजले कार्यालयको घरजग्गा ब्यवस्थापनकोलागि आर्थिक स्रोत सङ्कलनकोलागि मेचि देखि महाकाली अभियान अन्तर्गत जीतपुरमा कार्यक्रम गरेको छ ।

गिरी, पुरी, भारती, वन, पर्बत, सागर, सरस्वती, आश्रम आवण्य, तीर्थ लगायतका थरहरु दशनामी समाजले लेख्ने गर्दछन् । अभियान अन्तर्गत जीतपुरमा १ करोड १८ लाख रुपैया सङ्कलन भएको नेपाल दशनामी समाजका राजुराज गिरीले जानकारी दिनुभयो ।

त्यस्तै दशनमी समाजले जीतपुरसिमरा उपमहानगरपालिकामा कपुर राज पुरीको अध्यक्षतामा २५ सदस्सीय कार्यसमिती चयन गरेको छ । समितीको उपाध्यक्षमा बिर बहादुर भारती, सचिवमा अनिल कुमार गिरी, सहसचिवमा नितेश गिरी, कोषाध्यक्षमा रिना पुरी, सदस्यमा निरज पुरी, मुकेश गिरी, महान गिरी, परमा गिरी, सुरेश गिरी ,श्याम पुरी लगायत रहनुभएको छ ।

नेपाल दशनामी समाजको अध्यक्ष रामचन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दशनामी समाजका केन्द्रिय अध्यक्ष गोबिन्द बिश्रम गिरी रहनु भएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेल, निजगढ नगरपालिकाको नगर प्रमुख सुरथ पुरी, समाजसेवी कृष्णब्रत सिँह, दशनामी समाजका संस्थापक सदस्यहरु प्रशुराम गिरी, राजेश्वर गिरी लगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार