Logo

काठमाडौं । टी–२० विश्वकपमा नेपालले नेदरल्यान्ड्सविरुद्ध बिकट लिन नसक्दा १० ओभर पछिको खेलमा राम्रो प्रस्तुती गर्न सकेको छैन । जसका कारण नेदरल्यान्ड्सले राम्रो खेल्न सकेको छ । नेपालले दिएको १०७ को लक्ष्यलाई सजिलै भेटने भएको छ ।

नेपालको तर्फबाट दीपेन्द्र सिंह ऐरीले नेपाललाई दोस्रोे सफलता दिलाएपनि त्यसपछिको खेलमा नेपालले उत्कृष्ट खेल्न सकेको देखिदैन ।

टी–२० विश्वकपमा नेपालले नेदरल्यान्ड्सविरुद्ध तेस्रो सफलता हात पारेको छ । सोमपाल कामीले रन आउट गर्दै नेपाललाई तेस्रोे सफलता दिलाएका हुन् ।

साइब्रान्ड एंगलबर्चट १४ रन बनाएर आउट भए । नेदरल्यान्ड्सले १३।१ ओभरमा ७१ रन बनाएको छ । पहिले ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सको सामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ

विक्रमजित सिंह २२ रन बनाएर आउट भए । नेदरल्यान्ड्सले ८‍२ ओभरमा ४३ रन बनाएको छ । पहिले ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सको सामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपाल र नेदरल्यान्ड्सविरुद्धको खेलको दोस्रो इनिङमा पावर प्लेको ६ ओभर सकिएको छ । नेपालले कसिलो बलिङ गरिरहे पनि खेल नेदरल्यान्ड्सको पकडमा छ ।

नेपालले पहिलो इनिङमा ब्याटिङ गर्दै १०७ रनको झिनो लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा नेदरल्यान्ड्सले पहिलो विकेट सस्तैमा गुमायो । सोमपाल कामीले दोस्रो ओभरको दोस्रो बलमा नेदरल्यान्ड्सका ओपनर मिचेल लेभिटलाई आउट गरेका थिए । त्यसपछि भने नेदरल्यान्ड्सले सम्हालिएर खेलिरहेको छ ।

नेपालका बलरहरुले कसिलो बलिङ गरिरहेका छन् । खेलमा आफूलाई बनाइराख्न नेपालले नियमित विकेट निकाल्नुपर्ने हुन्छ । नेदरल्यान्ड्सका ब्याट्सम्यान रनका लागि संघर्ष गरिरहेका छन्, तर विकेट दिइरहेका छैनन् । नेपालका स्पिनरहरुको प्रदर्शनमा अब धेरै कुरा निर्भर रहनेछ । दिपेन्द्र सिंह ऐरीले पहिलो ओभर उत्कृष्ट बलिङ गर्दै झिनो आशा जगाएका छन् ।

म्यान रनका लागि संघर्ष गरिरहेका छन्, तर विकेट दिइरहेका छैनन् । नेपालका स्पिनरहरुको प्रदर्शनमा अब धेरै कुरा निर्भर रहनेछ । दिपेन्द्र सिंह ऐरीले पहिलो ओभर उत्कृष्ट बलिङ गर्दै झिनो आशा जगाएका छन् ।


सम्बन्धित समाचार