Logo

२८ जेठ, वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिकाले सबै सामुदायीक तथा संस्था विद्यालयलाई विहानी कक्षा संचालन गर्न निर्देशन गरेको छ ।

वीरगञ्ज लगायत तराईमा बढेको अत्यधिक गर्मीले गर्दा स्कुले बालबालिकाहरुलाई स्वास्थ्यमा हुने नकारात्मक प्रभावलाई मध्यनजर गर्दै बिहान साढे १० बजेभित्रै पठनपाठन सक्न महानगरमा रहेका विद्यालयहरुलाई निर्देशन दिईएको छ ।

वीरगञ्ज महानगरपालिकाले आइतवार एक सूचना जारी गर्दै जेष्ठ २८ गते देखि बिहान साढे १० बजेसम्म पठनपाठन सक्ने गरी कक्षा सञ्चालन गर्न सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई निर्देशन दिएको हो ।

अझै केही दिन गर्मी बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै बिहानी कक्षामा पठनपाठन सञ्चलन गर्न निर्देशन दिईएको महानगरका प्रमुख प्रशासकिय अधिकृत मातृका प्रसाद भट्टराईले बताए ।

बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै बिहानीको समयमा कक्षा सञ्चालनको समयावधिलाई कम गरी हाल शिक्षणको समयावधिमा हुने क्षतिलाई पछि मिलान गर्ने समयावधि व्यवस्था गर्न सूचनामार्फत अनुरोध गरिएको भट्टराईले बताए ।

अर्को सूचना नभएसम्मका लागि यही जेठ २८ गतेदेखि साढे १० बजेभित्र पठनपाठन सक्ने गरी कक्षा सञ्चालन गर्ने समयावधि व्यवस्थापन गर्ने निर्णय गर्न महानगरले अनुरोध गरेको छ ।

यस्तै बाराको कलैया उपमहानगरपालिकाले एक साता देखि बिहानी कक्षा शुरु गरिसकेको कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले जानकारी गराएका हुन ।


सम्बन्धित समाचार