Logo

२८ जेठ,कश्मीर । भारतको जम्मू–कश्मीरको रियासीमा तीर्थयात्री बोकेको बसमा उग्रवादीले आक्रमण गर्दा नौजनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

रियासी जम्मू क्षेत्रमा पर्दछ । सो आक्रमणबारे प्रतिक्रिया दिँदै राष्ट्रपति द्रौपदी मुर्मूले दुःखको यस घडीमा देश पीडित परिवारको साथ रहेको जनाएकी छन् । यस्तै भाजपाका तर्फबकाट नवनियुक्त मन्त्री अमित शाहले पनि घटनाको निन्दा गरेका छन् । कांग्रेस नेता राहुल गान्धीले सो आक्रमणलाई कायरतापूर्ण भनेका छन् ।

प्रहरीका अनुसार सो बस शिवखोरीबाट कटरातर्फ जाने क्रममा आइतबार आक्रमण भएको हो । आक्रमणका कारण चालकले सन्तुलन गुमाएपछि बस खाडीमा परेको थियो । घाइतेलाई अस्पताल लगिएको जनाइएको छ । बसमा अधिकांश उत्तरप्रदेशका बासिन्दा रहेको जनाइएको छ ।


सम्बन्धित समाचार