Logo

२८ जेठ, ठोरी । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार्न ठोरी गाउँपालिकामा सरोकारवालाहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शैक्षिक सुधारका निमित्त पालिकाले सोमबार ठोरीका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक , विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् शिक्षक अभिभावक संघका अध्यक्षहरुसंग शैक्षिक सुधारको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख भुपाल कुमार जोशीले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागीहरुले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको निमित्त स्थानीय सरकार , विद्यालय व्यवस्थापन समिति , अभिभावक र शिक्षक सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।  राज्यको शिक्षामा लगानी वर्षेनी बढ्दै गएको तर नतिजामा सुधार नहुँदा चिन्ता थपिएको सहभागीहरुको धारणा थियो ।

ठोरी – ४ का वडा अध्यक्ष मान बहादुर थिङ्को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ठोरीका २१ ओटै सामुदायिक विद्यालयका प्रतिनिधिहरुको सहभागिता थियो ।


सम्बन्धित समाचार