Logo

२९ जेठ, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाले कक्षा संचालनको समयअवधि कम गर्न नगरभित्रका विद्यालयलाई अनुरोध गरेको छ ।

तराई क्षेत्रमा अत्यधिक गर्मी बढेर बालबालिकालाई पठनपाठनमा समस्या हुन थालेको कारण विहानी कक्षा संचालान गर्न नगरपालिका अन्तर्गतका सबै सामुदायीक तथा संस्थागत विद्यालयलाई अनुरोध नगरपालिकाले गरेको हो । नगरपालिकाले आज एक सूचना जारी गरी विहान ६ बजे देखि विहान १० बजे सम्म मात्र विद्यालय संचालन गर्न अनुरोध गरेको छ ।

गर्मी अझै बढ्न सक्ने भन्दै मौसम विभागले जारी गरेको बुलेटिन अनुसार बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै विद्यालयलाई कक्षा संचालनको समयअवधि कम गर्न भनिएको पर्सागढी नगरपालिकाका शिक्षा शाखा प्रमुख देवकुमार गिरीले जानकारी दिए । यसबाट हुने क्षतिलाई पछि मिलान गर्ने गरी व्यावस्थापन गर्न पनि विद्यालयलाई भनिएको उनले बताए ।


सम्बन्धित समाचार