Logo

२९ जेठ, जनकपुर । मधेश सरकारले अगामी आर्थिक वर्षमा प्रत्येक निर्वाचन क्षेत्रलाई १ करोड बराबरको कृषि क्षेत्रको विद्युतीकरणका लागि छुटयाउने योजना ल्याएको छ ।

कृषि क्षेत्रमा किसानलाई सहजता होस भन्ने उद्देश्यले हरेक निर्वाचन क्षेत्रमा विद्युतीकरणका लागि ढंगले ल्याइएको प्रदेश सरकारको तर्क छ ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले अगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो योजना प्रस्तुत गरेकी हुन ।

प्रदेश सभामा प्रदेश प्रमुख भण्डारीले आगामी वर्षका लागि २२५ वटा सरकारको नीति तथा योजनाहरु प्रस्तुत गरेकी हुन ।

यसैगरी आगामी वर्षका लागि हरेक निर्वाचन क्षेत्रमा ५ किलोमिटर कालोपत्र गर्ने नीति तथा योजना ल्याइएको छ ।

प्रदेश समृद्धिका लागि ठूलो संख्यामा पर्यटक भित्र्याउनका लागि योजना विशेष योजना प्रस्तुत गरिएको छ । साथै जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्न पहल गरिने पनि प्रदेश सरकारको नीति तथा कार्यक्रममा राखिएको छ ।

यसैगरी ‘घुमौं मधेश, बुझौं मधेश’ नारासहित पर्यटक आकर्षण गर्न विशेष योजना ल्याएको छ । भारतीय पर्यटकलाई लक्षित गरी जनकपुरधाममा सुविधा सम्पन्न धर्मशाला निर्माण गरिने नीति तथा कार्यक्रम ल्याइएको छ । यस्तो छ (पूर्णपाठ)


सम्बन्धित समाचार