Logo

३० जेठ, जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको जारी महाधिवेशनमा उम्मेदवारी दिएका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको अन्तिम नामावली प्रकाशन भएको छ ।

महाधिवेशन तेस्रो दिन बुधबार विहान साढे ८ बजेदेखि सुरु भएको मनोनयन पत्र भर्ने उम्मेदवारहरुको अन्तिम नामावली भर्खरै प्रकाशन गरिएको हो ।

निर्वाचन कार्यतालिका अनुसार अपरान्ह ४ बजेदेखि मतदानको समय तोकिएको थियो । तर उम्मेदवारहरुको अन्तिम नामावली नै ८ घण्टा ढिलो प्रकाशन गरिएपछि मतदान प्रक्रिया पछाडि धकेलिएको छ ।

ढिलो निर्वचन प्रक्रिया भएको हुनाले अन्य प्रक्रियाहरु चाँडै टुंगो लगाइ मतदान प्रक्रिया अगाडि बढाइने निर्वाचन समितिले जानकारी दिएको छ ।

अन्तिम नामावली प्रकाशन गर्दै निवर्मचन समितिले अध्यक्ष पदमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेको औपचारिक जानकारी दिएको छ ।

पार्टी स्थापना भएको १८ वर्षपछि पहिलोपटक निर्वाचन हुँदा पनि उपेन्द्र यादवको विरोधमा कोही उम्मेदवारी दिएका थिएनन् ।

अध्यक्ष पदमा यादवको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएको निर्वाचन समितिले घोषणा गरेको छ ।

कुन पदमा को भिड्दै ?

जसपाको महाधिवेशनमा आज चुनावी सरगर्मी बढेको छ । पहिलोपटक नेतृत्व चयनका लागि मतदान भइरहेकोले गर्दा जसपका चर्चित फिगर भनिएकाहरु एक आपसमा भीड्दै छन् ।

पार्टीको जिम्मेवारीमा आउनका लागि आन्तरिक प्रतिस्पर्धा कडा बनेको छ । कारण–सबै चर्चित अनुहार एकआपसमा भीड्दै छन्, जसले गर्दा चुनावी माहोल झन तातेको छ ।

जसपा अध्यक्ष पदमा कोही भीडन्त गर्न नआएपनि अन्य पदमा भने रस्साकस्सी छ । जसपाले यो पटक २० पदाधिकारीसहित २०१ जनाको केन्द्रीय समितिका लागि निर्वाचन गर्दैछ ।

अध्यक्षबाहेक अब एक जना सहअध्यक्ष, उपाध्यक्षमा ५, महासचिवमा २, उपमहासचिवमा ३, सचिवमा ७, कोषाध्यक्षमा १ जना गरी १९ पदाधिकारी केन्द्रीय सदस्य गरी २०१ पदका लागि प्रतिस्पर्धा हुँदैछ ।

सहअध्यक्षमा पूर्वमुख्यमन्त्री लालबाबु राउत, पूर्व संघीय मन्त्री राजकिशोर यादव रकम चेम्जोङले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा भने १७ जनाको उम्मेदवारी परेको छ ।

उपाध्यक्षतर्फ मृगेन्द्र कुमार सिंह, हरिनारायाण यादव, आङ देन्डी शेर्पा, विद्युत बज्राचार्य, अजुर्न थापा, गोविन्द चौधरी, शिवलाल थापा मगर, सरोजकुमार यादव, मोहम्मद खालिद, प्रकाश अधिकारी, बच्चा राउत अहिर, सुरेन्द्र प्रसाद कुर्मी, रामबचन अहिर यादव, मानध्वज बलोन, अमरेश नारायण झा, राजन केसी र सुमन कुमार चौधरीको उम्मेदवारी परेको छ । उपाध्यक्ष महिलातर्फ भने रेखा यादव, शोभा देबी, सुनी लामा, सबिता यादव र राधा थापाको उम्मेदवारी छ ।

यसैगरी महासचिवमा बोमबहादुर दरलामी मागर, रामकुमार शर्मा, विजय कुमार, मनिष सुमन र अशोक कुमार यादवले मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी उपमहासचिवमा खुल्लातर्फ ९ र महिलातर्फ ३ जनाको उम्मेदवारी परेको छ । खुल्लातर्फ उपमहासचिवमा सुरेन्द्र कुमार यादव, रामबाबु प्रसाद यादव, रामकिशोर यादव, राजकुमार राइ, योगेन्द्र राय यादव, शैलेन्द्र प्रसाद साह, सुरेश कुमार मंडल, जयप्रकाश राइ र जयराम यादवकोले उम्मेदवारी दिएका छन भने महिलातर्फको उपमहासचिवमा सीताकुमारी यादव, विनिता कुमारी यादव र निर्मला यादवको भीड्दै छन् ।

यसैगरी ७ पदका लागि सचिवमा पदमा ३४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।

सचिव खुल्लातर्फ शेख अब्दुल कलाम, प्रमोद साह, राजकुमार गुप्ता, रामबाबु कुमार यादव, धरेन्द्र यादव, सरोज सिंह कुश्वाहा, विकास कुमार तिवारी, प्रभुराम श्रेष्ठ, रामकुमार मण्डल, बिेरेन्द्र प्रधान, लाक्पा शेर्पा, अशेश्वर यादव, अशोककुमार यादव, कमरुदिन राइ, कृष्ण कुमार राइ, देवबहादुर दुरा, भारत महतो, भीमबहादुर थापा, महाजन यादव, विन्देश्वर यादव, चन्देश्वर पासवान, विश्वनाथ राउत, संजयकुमार सिंह, विजय कुमार दनुवार, चन्देश्वर प्रसाद सिंह, पूर्णबहादुर बस्नेत, सिंहबहादुर लामा, रमेश चन्द्र प्रधानको परेको छ । यसैगरी दिना लामा, रसना यादव, उषाकुमारी यादव, तारा विश्वकर्मा, प्रमिला यादव र सुरिता कुमारी साहको पनि सचिव पदमा उम्मेदवारी परेको छ ।

कोषाध्यक्षमा एक पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिकाका अनुसार रेणुकुमारी यादव, संजयकुमार यादव र बलराम महतोको उम्मेदवारी परेको छ ।

बाँकी १८१ केन्द्रीय सदस्य पदका लागि भने विभिन्न कलस्टरमा बढी उम्मेदवारी परेको निर्वाचन समितिले नामावली प्रकाशन गरेको छ ।


सम्बन्धित समाचार