Logo

३१ जेठ, वीरगञ्ज । आईसीसी टी–२० विश्वकपमा भारतले आफ्नो विजयी यात्रा कायम राखेको छ । बुधबार राति भएको समूह एक अन्तरगतको खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गरेको हो ।

अमेरिकाले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य भारतले १८.२ ओभरमा ३ विकेटको क्षतिमा पुरा गरेको हो ।

यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११० रन बनाएको थियो ।

प्रतियोगितामा भारतको यो लगातार तेस्रो जित हो । ३ खेलबाट ६ अङ्क बटुल्दै भारत सुपर ८ मा प्रवेश गरेको छ ।

अमेरिका ४ अङ्कसहित दोस्रो स्थानमा छ ।


सम्बन्धित समाचार