Logo

९ असार,ठोरी । पर्साको ठोरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले ४७ करोडभन्दा बढीको बजेट ल्याएको हो ।

चालु आर्थिक वर्ष ०८०/८१ को तुलनामा आगामी आर्थिक वर्ष ०८१/८२ मा ठोरी गाउँपालिकाको बजेट झण्डै ११ करोड ४९ लाख रुपैयाँले कम भएको हो । चालु आर्थिक वर्षमा ५८ करोड ५४ लाख बजेट ल्याएको गापाले आगामी वर्षका लागि भने ४७ करोड ५ लाख ३३ हजार बजेट विनियोजन गरेको हो ।

ठोरी गाउँपालिकाको कार्यालय घ्याङडाँडामा सम्पन्न ११ औं गाउँसभामा आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयक प्रस्तुत गर्दै गापा उपाध्यक्ष गोकुली कुमारी रेग्मीले सो रकम बराबरको अनुमानित आयव्यय प्रस्तुत गरिन् ।
विनियोजन विधेयकअघि ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठको अध्यक्षता र पर्सा जिल्ला समन्वय समिति सदस्य सुशिला बिकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गापा अध्यक्ष लाल बहादुर श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।

नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा दुध उत्पादनलाई प्रोत्साहन गर्न अनुदान, एक वडा एक कृषी सहकारी, वडा ४ को मालिवस्तीमा मानवनिर्मित ताल, विद्यार्थी छात्रवृति, प्रत्येक वडामा अग्रेजी माध्यमको विद्यालय सुरुवात गरिने घोषणा गरिन् ।

यस्तै वडा २ को विकट गाउँ इच्छानगरमा स्वास्थ्य इकाई, ठोरी कुष्ठरोग÷टिभी रोग मुक्त घोषणा, नागरिकको खानेपानीको पहुँच बढाउने, स्पोर्टस एकेडेमी स्थापना, विद्युत नपुगेका गाउककमा विद्युत पुराउने, अधुरो हुलाकी सडक निर्माणमा संघिय सरकारको ध्यानाकर्षण गराउने, दुर्घटना न्यनीकरणको लागी सडकमा सिसीटिभी क्यामरा जडानलाई निरन्तरता दिने, एक वडा एक उत्पादन कार्यक्रम लगायतलाई नीति तथा कार्यक्रममा समेटिएको थियो ।

सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै काङ्ग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठ, एमाले ठोरी अध्यक्ष खगेन्द्र श्रेष्ठ, माओवादी केन्द्र ठोरीका उपाध्यक्ष रोशन सुनारले गाउँसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।


सम्बन्धित समाचार