Logo

९ असार, पर्सागढि । पर्साको पर्सागढि नगरपालिकाको नगर सभा पुन स्थगित भएको छ । औपचारिक कार्यक्रमपछि नगरपालिकाको ११ औं नगरसभा आज पुन स्थगित भएको हो ।

गणपुरक संख्या नपुगेको कारण आजको नगरसभामा पनि दोस्रो पटक स्थगित गरेको नगरप्रमुख गोकर्ण पाठकले जानकारी दिए । नगर सभा सञ्चालन कार्यविधि २०७८ को परिच्छेद २ को दफा ५ को उपदफा २ अनुसार आज बिहान दोस्रो पटक पर्सागढी नगरपालिकाको नगरसभा बोलाइएको थियो । तर ५० जना नगरसभा सदस्य रहेकोमा २२ जना मात्र उपस्थित भएपछि कुल सदस्य संख्याको ५१ प्रतिशत नपुगेकाले आजको सभा स्थगित भएको हो ।

यसअघि हिजो पनि नगरपालिकाको सभा सुरु भएलगत्तै नगरसभा सदस्यहरुले विरोध जनाएपछि सभा स्थगित भएको थियो ।

अर्को नगर सभा असार १० गते भोलीका लागि बोलाइएको नगरप्रमुख पाठकले बताए । उनले सभा सदस्यहरुलाई अनिवार्य रुपले नगरसभामा उपस्थिती जनाउन आग्रह समेत गरेका छन् ।

यता पर्सागढिका वडा अध्यक्षहरु सुकमान तामाङ, शेख खुर्सेद, चुन्नु मिश्रा, नवलकिसोर प्रसाद गुप्ता, शंखर रायभर, रामबढाई प्रसाद यादव, सुन्दरी देवी थरुनीले लिखित निर्णय गर्दै आफ्ना माग पूरा नभएसम्म नगरसभा बहिस्कार गर्ने निर्णय गरेका छन ।


सम्बन्धित समाचार