Logo

१४ असार, काठमाडौं ।  इङ्ल्यान्ड माथि फराकिलो जित दर्ता गर्दै भारत आइसिसी टि–ट्वान्टी विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

गयानामा शुक्रबार विहान सम्पन्न सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत तेस्रो पटक टि–ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

भारतले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड खराब ब्याटिङ प्रदर्शन गर्दै १६.४ ओभरमा १ सय ३ रनमा समेटियो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १ सय ७१ रनको योगफल खडा गरेको थियो ।

भारतले फाइनलमा दक्षिण अफ्रिकासँग जुन २९ आइतबार प्रतिस्पर्धा गर्नेछ । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराउदै फाइनलको यात्रा तय गरेको हो ।

दक्षिण अफ्रिका क्रकेट विश्वकपको ईतिहासमा यो पहिलो पटक फाइनलमा पुगेको हो । सन् २००७ को पहिलो संस्करण जितेको भारतले तेस्रो पटक फाइनल खेल्नेछ ।

फाइनल खेल आईतबार रातिको ८ः१५ बजे हुनेछ ।


सम्बन्धित समाचार