Logo

१५ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले किसानको विकास भए मात्र देशको विकास हुने बताएका छन् ।

वीरगञ्ज महानगरपालिकाद्वारा महानगरको २७ उदयपुरघुर्मीमा २१ औं राष्ट्रिय धान दिवसको अवसरमा आयोजित जलवायु मैत्री कृषि धान उत्पादन विषयक कार्यक्रम उपप्रमुख आलमले यस्तो बताए ।

उनका अनुसार देश कृषि प्रधान देश रहेको सर्वविदित्तै छ । तर किसानहरुलाई खेतीपातीमा समस्या हुने भनेको पनि यही देशमा बढी हुने गरेको उनी बताउँछन् ।

त्यतिमात्र नभइ किसानको मिहिनेत कदरसमेत नहुने गरेको उनको टिप्पणी छ । धान दिवसको शुभकामना दिँँदै उपप्रमुख आलमले किसानको हरेक काममा महानगर हातेमालो गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

कृषि क्षेत्रमाा लगानी गर्न जस्तो सुकै कार्यक्रममा महानगर सहयोग गर्न तयार रहेको बताउँदै उपमेयर आलमले सबै कृषकलाई खेती गर्न नछोड्न आग्रह गरे ।

महानगरपाालिकाले कृषि क्षेत्रमा योगदान पु¥याएका किसानहरु नगद तथाा कदरपत्रसहित सम्मानित पनि गरेको थियो ।

वडाअध्यक्ष हृदयनारायण कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराइ, हरिशंकर कुर्मी, रामकुमार कुशवाहा, रुपनारायण राउत कृषि शाखा प्रमुख रोशनी तिवारी लगायतको सहभागीता थियो ।


सम्बन्धित समाचार