Logo

१५ असार,वीरगञ्ज । पर्साको पोखरीया नगरपालिकामा २१ औँ राष्ट्रिय धान दिवस मनाइएको छ । नगरपालिकाको वडा नम्बर ८ जगतपुरमा कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।

डा.गोविन्द बहादुर थापा स्मृति प्रतिष्ठानको आयोजना एवम् लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटीको सहआयोजनामा कार्यक्रम भव्य रुपले सम्पन्न भएको हो ।

पोखरीया नगरपालिकाकी उपमेयर रुबि ठाकुरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको प्रभु हस्पिटलका सञ्चालक डा. मनोज गुप्ता र डा. लक्ष्मी थापा गुप्तालाई धानको बिउ हस्तान्तरण गर्दै उद्दघाटन गरिएको थियो ।

कार्यक्रममा सहभागीहरुले धान दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा वीरगन्ज श्री जङ्ग गणका गणपति नवीन सिलवाल, जगतपुरका वडाध्यक्ष, मधेश क्रान्ती अभियानका नेता नेजामुद्दिन समानी,

युवा अभियन्ता दिलिप राज कार्की, स्थानीय कलाकार सुनिल पण्डित, प्रभु बैंकका मधेश प्रदेश इन्चार्ज भूषण गुप्ता, महिला समाजसेवी एवम् सौन्दर्यकर्मी गुड्डी जोशी, सुशील साह,

प्रेस चौतारी पर्साका अध्यक्ष बिजय भन्डारी, महिला पत्रकार कबिता खड्का, निलिमा पौडेल, आरजु देवकोटा, कमला भन्डारी, इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक राजन ढकाल, स्थानिय नेता तथा किसानहरुको उल्लेख्य सहभागीता रहेको थियो ।


सम्बन्धित समाचार