Logo

१५ असार,वीरगञ्ज । माधव पर्साको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरीको कृषि क्षेत्रको विकासमा गम्भीर भएर लागि परेको बताएका छन् ।

२१ औं राष्ट्रिय धान दिवसका अवसरमा ठोरी गापा–२ मा आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।

सो अवसरमा उहाँले पालिकामा खेतीयोग्य जमिन प्रशस्त भएकाले कृषि क्षेत्रको विकासले किसानको र समग्र पालिकाको नै आम्दानी वृद्धि गर्न सकिने धारणा व्यक्त गरे ।

यस्तै कार्यक्रममा अध्यक्ष श्रेष्ठले ठोरीमा गठन भएका २ दर्जन भन्दा धेरै कृषक समुहले कृषिलाई प्राथमिकतामा राखेर काम गरे पालिकाले आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा ठोरी गापा उपाध्यक्ष गोकुली कुमारी रेग्मी, ठोरी –२ का वडाध्यक्ष अमृतकृष्ण सापकोटा लगायतले कृषि क्षेत्रको विकासले नै आत्मनिर्भर बन्न सघाउने विचार व्यक्त गरेका थिए ।

ठोरी कृषक समुहको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरुले सामुहिक धान रोप्दै दिवस मनाएका थिए ।

कृषक समुहका अध्यक्ष सुरेश तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ठोरीका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, सुरक्षाकर्मी लगायत स्थानीय कृषकहरुको सहभागिता थियो ।


सम्बन्धित समाचार