Logo

७ साउन, वीरगञ्ज । अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपतिको दौडबाट पछि हटेका छन् ।

८१ वर्षीय बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिँदै आफ्नी सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने घोषणा गरेका छन् ।

बढ्दो उमेर र स्वास्थ्यका कारण बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिन नसक्ने भन्दै उनलाई डेमोक्र्याटहरूले उम्मेदवारी फिर्ता लिन दबाब दिएका थिए ।

बाइडेनले राष्ट्रपतिको रूपमा सेवा गर्नु आफ्नो जीवनको सबैभन्दा ठूलो सम्मान भएको र फेरि चुनाव लड्ने मनसाय भए पनि पार्टी र देशको हितमा उम्मेदवारी फिर्ता लिने र बाँकी कार्यकाल राष्ट्रपति पदको जिम्मेवारी पूरा गर्नमा पूर्ण ध्यान दिने उल्लेख गरेका छन् ।

बाइडेनले आफ्नो निर्णय बारे राष्ट्रको नाममा सम्बोधन गर्ने अमेरिकी मिडियाहरुले बताएका छन् । अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

यसैबीच कमला ह्यारिसले आफूलाई राष्ट्रपतिको उम्मेदवारीमा बाइडेनको समर्थन पाउनु सम्मानको कुरा भएको प्रतिक्रिया दिएकी छन् ।


सम्बन्धित समाचार