Logo

२५ साउन, काठमाडौँ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासंघ (एएफसी) ले अनुमति दिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फालाई एएफसी को आधिकारिक जवाफ माग गरे संगै एन्फाको जवाफ अनुसार दशरथ रंगशालालाई एएफसीबाट योग्य रहेको रिर्पोट प्राप्त भएको राखेपले जानकारी दिएको छ ।

विभिन्न प्रश्न उठाउदै एफसीले केही समय देखि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो । जसका कारण नेपाली टोलीले विश्वकप छनोट घरेलु मैदानमा खेल्न पाएन ।

एएफसीले रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगितािका लागि अयोग्य भने पछि गत चैत्र महिनाबाट राखेपले आफैले खेल मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो । त्यसअघि त्यो जिम्मेवारी राखेपले एन्फालाई दिएको थियो ।

यसैबीच एएफसीका प्रतिनिधिले यही साउन ९ गते दशरथ रंगशालाको निरिक्षण तथा अवलोकन गरि मापदण्ड पूरा भएको प्रतिवेदन दिएको एन्फाले जानकारी दिएको राखेपले बताएको छ ।

दशरथ रंगशालाको खेलमैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिए संगै यही साउन २९ गते ए एफ सी च्यालेन्ज लिग छनौटको प्लेअप अन्तर्गत नेपालको लिग च्याम्पियन चर्चब्वाईज युनाईटेड र भुटानको लिग विजेता पारो एफसीबीच खेल हुनेछ ।


सम्बन्धित समाचार